काँग्रेसको नेतृत्वमासरकार बन्नैपर्छ – शेरबहादुर

   नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री नबन्ने मनस्थितिमा पुग्नु भएको छ । यसपटक उहाँले राष्ट्रिय सहमतिको सरकारको लागि पार्टी सभापति सुशील कोइरालालाई समर्थन गर्ने संकेत गर्नु भएको छ । तर त्यसका लागि पार्टीमा आफ्नो उचित स्थान खोज्नु भएको बुझिन्छ । पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार, राष्ट्रपतिको कदम लगायतका विषयमा गरिएको कुराकानी ः
 राष्ट्रपतिको मंसिर ८ गतेको कदमलाई कसरी लिनु भएको छ ?
राष्ट्रपतिको मंसिर ८ गतेको कदम सकारात्मक छ । यो कदमले मुलुकमा निकासको ढोका खोलेको छ । राष्ट्रपतिले सहमति, सहकार्य र एकताको बाटोबाट मुलुकको समस्या समाधान गर्दै सहमतिको सरकार निर्माणको लागि जुन आव्हान गर्नुभएको छ, अहिलेको लागि यो उपयुक्त कदम हो । मुलुकले निकास पाउनु पर्छ । यसको विकल्प छैन । त्यसैले दलहरु अब राष्ट्रपतिको आव्हान अनुसार सहमतिको सरकार निर्माणमा लाग्नुपर्छ । छिट्टै सहमतिमा प्रधानमन्त्री चयन गरेर मुलुकलाई निकास दिनुपर्छ ।
एकीकृत नेकपा माओवादीले त राष्ट्रपतिको कदमलाई असम्वैधानिक भनेको छ नि ?
कसले के भन्यो भन्ने कुरा छाड्नुस्, म त्यसको पछि लाग्न चाहन्न । अहिले राष्ट्रपतिको कदमको विरोधको औचित्य छैन । एमाओवादीभित्र पनि त अध्यक्ष प्रचण्डले राष्ट्रपतिको कदमको समर्थन गरिरहनु भएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले किन विरोध गर्नु भएको हो, मैले बुझ्न सकेको छैन । राष्ट्रपतिको कदम संविधानसम्मत हो, यसको विरोधको कुनै औचित्य छैन । स्वयम् सरकारका मन्त्रीहरुले समर्थन गरिसकेका छन् । त्यसैले अहिले यसको विरोध गर्नु भन्दा पनि सकारात्मक रुपमा लिएर निकास दिनुपर्छ ।
    राष्ट्रपतिको आव्हान अनुसार ७ दिनभित्र सहमति हुन सक्छ ?
किन नसक्नु, अहिले हामी राष्ट्रपतिले दिएको समयसीमा भित्रै सहमतिको सरकार दिने प्रयत्नमा छौं । मुलुक जटिल अवस्थामा रहेकोले अहिले मिलेर अघि बढ्नुको विकल्प छैन । अहिले सहमतिको सरकार निर्माण गर्न नसके संविधानसभाको निर्वाचन, संविधान केही पनि पाउन सकिँदैन । कांग्रेसले दलहरुलाई सहमतिमा लिएर आफ्नो नेतृत्वमा सरकार बनाउन अगाडि बढिरहेको छ । हामी चाहन्छौं अब कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्नुपर्छ ।
 सात दिनभित्र सहमति भएन भने के गर्ने ?
यस्तो कुरा अहिले नगरांै । आकाशै खसे के गर्ने भने जस्तो कुरा गरेर भएन नि । सात दिनभित्र सहमति गर्ने अधिकतम् प्रयत्न गर्नुपर्छ । प्रयास गर्दागर्दै केही समय नपुगे राष्ट्रपतिले नै समय बढाई दिनुहुन्छ । सहमतिको वातावरण निर्माण गर्नेतर्फ राष्ट्रपतिको कदम राम्रो छ । यसको अधिकतम् उपयोग गरेर मुलुकलाई निकास दिनुको विकल्प कोहीसँग पनि छैन ।
   त्यसो भए म्याद थपिने नै भयो होईन त ?
अहिले मुलुकलाई सहमति चाहिएको छ । जे गर्दा सहमति हुन्छ, त्यो काम गर्न पछि हट्नु हुँदैन । राष्ट्रपतिको कदमपछि सहमतिको बातावरण बनेको छ । अब यसलाई अघि बढाएर मुलुकलाई निकास दिनु पर्छ, विथोल्नु हुँदैन । वातावरणलाई सहज बनाउने काम हामी सबैले गरांै ।  सहमति कायम गर्न जे गर्नु पर्छ, कांग्रेसले गर्छ अरुले पनि आ–आफ्नो ठाउँमा बसेर सहमतिको लागि प्रयत्न गरांै ।
    कांग्रेसको नेतृत्वमा सरकार बन्ला ?
कांग्रेसको नेतृत्वमा सरकार बन्नैपर्छ । त्यसको विकल्प म देख्दिनँ । कांग्रेसको नेतृत्वमा सरकार बन्दा मुलुकले निकास पाउन, निर्वाचन पनि हुन्छ र संविधान पनि आउँछ, सबै त्यतैतिर लागांै ।
 सहमतिको सरकारको प्रधानमन्त्री को त ?
म नेपाली कांग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्नुपर्छ भन्ने पक्षमा छु । संविधानसभाको निर्वाचनपछि एमाओवादी र नेकपा एमालेले दुई–दुई पटक सरकारको नेतृत्व गरिसकेका छन् । अब स्वभाविकरुपमा नेतृत्व गर्ने पालो कांग्रेसको हो । कांग्रेसले अब नेतृत्वको लागि पहल गर्छ र आफ्नो नेतृत्वमा सरकार बनाउँछ ।
    कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार चाहीँ को नि ?
मैले स्पष्ट पारिसकेको छु, म अहिले प्रधानमन्त्री पदको लागि लालायित छैन । मैले अहिले प्रधानमन्त्री बन्ने ईच्छा र लालसा राखेको छैन । कांग्रेसको विगतदेखि परम्परा छ, कांग्रेसले सर्वसम्मतरुपमा निर्णय गर्छ । कांग्रेसबाट को प्रधानमन्त्री बन्ने भन्नेमा कुनै विवाद गर्नु हुँदैन ।
 तपाइँ चाहीँ प्रधानमन्त्री किन नबन्ने ?
अहिले मलाई प्रधानमन्त्री बन्ने चाहना, लोभ छैन । म अहिले निकासको लागि बाधक बन्दिनँ । पार्टीले जसको पक्षमा निर्णय गर्छ, म उसैलाई सहयोग गर्छु ।
तपाइँ नहुने हो भने सभापति सुशील कोइराला हो, कांग्रेसको उम्मेदवार ?
म बन्दिन भनेर मैले स्पष्ट भनिसकें, अरु को बन्छ भनेर म भन्न सक्दिन । पार्टी सभापति प्रधानमन्त्री बन्न सक्नु हुन्न भन्ने केही छैन । अहिले म नबनेपछि सुुशील र रामचन्द्रजीमध्ये जो पनि प्रधानमन्त्रीको उम्मेदवार हुन सक्नुहुन्छ । रामचन्द्रजीसँग कुरा मिलाएर जानुपर्छ । सबै बसेर छलफल गरी टुंगाउनु पर्छ ।
    सभापतिसँग यस विषयमा तपाइँको सहमति भईसक्यो     रे नि ?
सभापति सुशील कोइराला र    मेरोबीचमा कुराकानी भएको छ । प्रधानमन्त्रीको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा हामीहरु बसेर निर्णय गर्छांै । कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार सहमतिमै चयन गर्छांै । यस पटक हामी एक भएर सकारात्मक सन्देश दिन्छांै । सुशीलजी बन्न चाहनुभयो   मेरो रामचन्द्रजी कसैको पनि विरोध हुन्छ जस्तो लाग्दैन ।
   सभापतिलाई प्रधानमन्त्री बनाउने निश्चित भएको हो ?
पार्टी सभापति प्रधानमन्त्री बन्दा मलाई केही आपत्ति छैन तर रामचन्द्रजीसँग पनि सहमति गर्नुपर्छ ।
रामचन्द्र पौडेलसँग  कुरा मिलेको हो ?
संविधानसभाको पुर्नस्थापना भएको भए रामचन्द्रजीको ‘अप्सन’ खुल्ला  हुन्थ्यो । संविधानसभा पुर्नस्थापना नहुने निश्चित भएकोले अब सबै कुरा प्रक्रियाबाटै हुन्छ । सभापति सुशील कोइरालाले प्रधानमन्त्री बन्न चाहे कसैले पनि विरोध गर्दैनन् । तर पार्टीमा उहाँले सबैलाई उचित स्थान दिएर समेटेर लैजानुपर्छ भन्ने साथीहरुको भनाई   छ ।
 तपाइँले सभापतिलाई समर्थन गर्न कार्यबाहक सभापति माग्नु भएको हो ?
त्यस विषयमा अहिले म केही बोल्न चाहँदिन । पार्टी सभापतिले फराकिलो र ठूलो छाती बनाएर सबैलाई उचित सम्मान र भूमिका दिएर लिएर जानसके कांग्रेस बलियो र एक भएर जान्छ । यसले देश, जनता र अन्तर्राष्ट्रिय समुदायमा राम्रो सन्देश दिन्छ । म पदको लागि मरिहत्ते गर्ने र ‘बार्गेनिङ’ गर्ने मान्छे होईन । मैले कुनै ‘बार्गेनिङ’ गरेको छैन, त्यो पार्टी सभापति बुझ्ने कुरा हो । सभारर्

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार